यो वर्ष त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने दहीजात्रा नहुने « Khabarhub

यो वर्ष त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने दहीजात्रा नहुने


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक-  सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका, तौथलीमा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा बडादशैँको एकादशीमा लाग्दै आएको दहीजात्रा यस पटक नहुने भएको छ ।

एकापसमा दही छ्यापाछ्याप गरी परम्परागत रुपमा मनाइँदै आएको दहीजात्रा कोभिड–१९ महामारीका कारण बन्द गर्नुपरेको जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठका अनुसार नेपालको त्यहाँ मात्र लाग्ने दहीजात्रामा पालिकाले गत वर्ष रु चार लाखको दही खरीद गरेको थियो । दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि मन्दिर पनि बन्द गरिएको छ ।

त्यसैगरी हेलम्बु गाउँपालिका, पाल्चोकस्थित पाल्चोकी भगवती अर्थात् जयवागेश्वरी मन्दिर पनि दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि बन्द गरिएको पालिकाले जनाएको छ ।

नेपाल–चीन सिमानामा पर्ने भोटेकोशी गाउँपालिका–१ लिस्तीस्थित उग्रचण्डी भगवतीको मन्दिर नित्यपूजा र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सोही वडाबासीका लागि मात्र खुला गर्ने निर्णय भए पनि टाढाटाढादेखि बस रिजर्भ गरी भक्तजनको घुइँचो लाग्न थालेपछि सुरक्षा तथा भीड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बाह्रबीसेलाई आग्रह गरिएको वडाध्यक्ष मुके शेर्पाले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ५ : १५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।