आज ४१.२० अंकले बढ्यो नेप्से, पौने ३ अर्बको कारोबार « Khabarhub

आज ४१.२० अंकले बढ्यो नेप्से, पौने ३ अर्बको कारोबार


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा ४१ दशमलव २० अंकको बृद्धि देखिएको छ। दशैं बिदापछिको पहिलो कारोबारमा परिसूचकसँगै कारोबार रकममा पनि उछाल देखिएको छ।

आज नेप्से परिसूचक २ दशमलव ५७ प्रतिशतले बढेर १ हजार ६ सय ४७ दशमलव ४५ अंकमा कायम भएको छ। १ सय ८८ वटा कम्पनीको ९३ लाख २२ हजार कित्ता ४२ हजार १ सय १८ पटक खरिद बिक्री हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसूचक पनि ९ दशमलव २१ अंकले बढेर ३ सय २७ दशमलव ७६ अंकमा पुगेको छ।

आज व्यापार समूहको उपसुचक ८ दशमलव ८३ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक उकालो लागेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसुचक १ सय १० दशमलव ६८ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह ५५ दशमलव १५, होटल समूह ३२ दशमलव ८५, विकास बैंक समूह ६० दशमलव ९७, जलविद्युत समूह ३ दशमलव ८६ र वित्त समूह १३ दशमलव ३८ अंकले बढेको छ।

निर्जीवन बिमा, उत्पादन, लघुवित्त र अन्य समूहको उपसुचक क्रमशः ४७ दशमलव ०७, २० दशमलव ८८, २५ दशमवव १९ र १५ दममलव ५७ अंकले बढेको छ।

कारोबार रकम र सेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंकको २० करोड ६५ लाख ४४ लाख रुपैयाँ बराबरका ६ लाख ९० हजार ७ सय कित्ता सेयर किनबेच भएको छ। सबैभन्दा धेरै कमाउनेमा भने प्राइम कमर्सियल बैंकका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन।

सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन्।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ४ : ०७ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा