मन्त्री विश्वकर्माले गरे ग्रामीण सडकको निरीक्षण « Khabarhub

मन्त्री विश्वकर्माले गरे ग्रामीण सडकको निरीक्षण


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा महानगरपालिकाभित्रको निर्माणाधीन अमला बिसौंनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामीण सडकको आज निरीक्षण गरेका छन् ।

महानगरको वडा नं १६ र १९ लाई समेटेर निर्माण भइरहेको १२ किमी सो सडकको निरीक्षण गर्दै उनले सडक, सिँचाई, खानेपानीलगायत पूर्वाधार निर्माण गर्दा गुणस्तरलाई विशेष ध्यान दिइ तोकिएको समयमा काम सकाउन आग्रह गरे ।

सो सडकको चार किलोमिटरको निर्माणको जिम्मा जिएसआर निर्माण सेवाले पाएकामा ५०० मिटर ढलान गरिएको छ भने बाँकी सडकमा कालोपत्र गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयको रु सात करोड ८२ लाख लागतमा सो सडक स्तरोन्नति भइरहेको हो ।

सडक फराकिलो पार्ने, नाला निर्माण र रिटेलिङ्ग वालको काम सम्पन्न भएर कालोपत्र गर्ने कार्य शुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिए । कालोपत्र गर्न शुरु भएपछि स्थानीयवासी उत्साहित बनेको पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ९ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना