पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण | Khabarhub Khabarhub

पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पोखरा महानगरमा सङ्क्रमित हुनेमा वडा नं १ का एक पुरुष, ३ का दुई पुरुष, ४ का दुई पुरुष तथा तीन महिला, ५ की एक महिला, ६ का एक पुरुष, ७ का एक पुरुष तथा तीन महिला, ८ का दुई पुरुष तथा एक महिला र ९ का एक पुरुष तथा दुई महिला छन् ।

त्यस्तै १० की एक महिला, ११ का एक पुरुष, १२ की एक महिला, १५ का तीन पुरुष, १६ का तीन पुरुष, १७ का दुई पुरुष तथा दुईृ महिला, १८ का दुई पुरुष, २५ का एक पुरुष, २६ की एक महिला, २७ की एक महिला तथा वडा नखुलेका १४ पुरुष तथा ६ महिला रहेका छन् ।

त्यसैगरी स्याङ्जाका पालिका नखुलेका १ पुरुष तथा दुई महिला, तनहुँका पालिका नखुलेका दुई पुरुष तथा एक महिला, व्यास १ का एक पुरुष, ३ का १ पुरुष तथा एक महिला, ४ का एक पुरुष तथा एक महिला, पर्वतका पालिका नखुलेका एक पुरुष लमजुङ राइनास १ का एक पुरुष, सुन्दरबजारका वडा नखुलेका एक पुरुष, गोरखा सिरानचोक ४ का एक पुरुष र पालुङटार ८ का एक पुरुष, ३ का एक पुरुष तथा एक महिला, ४ का एक पुरुष तथा एक महिला छन् ।

त्यस्तै नवलपुर कावासोती १ का एक पुरुष, ३ का एक पुरुष, ५ का एक पुरुष, ८ का दुई पुरुष तथा एक महिला, ११ की एक महिला, १२ का एक पुरुष, १४ की एक महिला, १७ का एक पुरुष, गैँडाकोट २ का चार पुरुष तथा १ महिला, ४ का एक पुरुष, ८ की एक महिला, १७ की एक महिला, मध्यविन्दु ६ का दुई पुरुष, ७ की एक महिला र विनयत्रिवेणी ४ का एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार १४५ पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ०६ बजे

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान