अमेरिकी विशेष प्रतिनिधि उत्तर कोरिया जाँदै « Khabarhub

अमेरिकी विशेष प्रतिनिधि उत्तर कोरिया जाँदै


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधिले उत्तर कोरियाली समकक्षीसँग बुधबार भेटवार्ता गर्दैछन् ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगन उत्तर कोरियाली समकक्षी किम ह्योक चोललाई भेट्न मंगलबार दक्षिण कोरियाको इन्चोन शहर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी आइतबार दक्षिण कोरिया ओर्लिएको उनले दक्षिण कोरियाली अधिकारीसँग भेटवार्ता गरेका दक्षिण कोरियाको योन्हाप समाचार संस्था योन्हापले जनाएको छ । बाइगन र किमबीच उत्तर कोरियाको राजधानी प्योङयाङमा वार्ता हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने दोश्रो शिखर वार्ताको मिति तथा स्थान अर्को साता घोषणा गर्ने जनाएका छन् ।

बाइगनको उत्तर कोरिया भ्रमणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच दोश्रो शिखर वार्ताको तयारीका रुपमा लिइएको छ ।

बाइगन र किम ह्योक चोलबीच ट्रम्प र किमबीच हुने दोश्रो शिखर वार्ताको अजेण्डा तय गर्ने विषयमा छलफल हुने अज्ञात कुटनीतिक श्रोतलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।

योन्हाप

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ५४ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन