कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक | Khabarhub Khabarhub

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कार्तिक १७ गतेका लागि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी कार्तिक २१ गतेलाई बोलाइएको छ ।

केन्द्रीय समिति बैठकमा हुने छलफल र महाधिवेशनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न शीर्षस्थ नेताहरुको बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।

यसअघि तय गरिएको बैठक कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएपछि पुनः बैठक बोलाइएको हो।

महतका अनुसार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले बुझाएको विरोधपत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ।

सभापति देउवाले महाधिवेशनको मिति तय भइसकेपछि पनि एकलौटी रुपमा विभिन्न विभागहरु गठन गरेको, क्रियाशील सदस्यता वितरणलगायत विषयमा पौडेल पक्षले विरोध जनाउँदै आइरहेको छ। १२ असोजमा केन्द्रीय पार्टी कार्यालयमा पौडेल समूहले सभापति देउवालाई विरोधपत्र समेत बुझाएको थियो।

शीर्ष नेताहरुको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने एजेण्डा तय गर्ने बताइएको छ। केन्द्रीय समितिको बैठक अगावै आफूहरुले अघि सारेका विषयहरु समाधान हुनुपर्ने पौडेल पक्षको माग छ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : ३२ बजे

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका