काठमाडौँ– देशभरको मौसममा सुधार भएसँगै प्राकृति सुन्दर देखिएको छ ।
काठमाडौँ उपत्यकाबाट लहरै हिमालका दृश्य देखिन थालेका छन् भने ग्रामिण क्षेत्रका दृश्यले सबैको मन पुलकित बनाउँछ ।
तस्वीरमा हेर्नुहोस् विभिन्न क्षेत्रका दृश्य
राजविराजस्थित कल्टु पोखरी संरक्षण र प्रचारप्रसारको पर्खाइमा ।पोखरा महानगरपालिका वडा नं ३३ चैनपुरबाट बिहीबार देखिएको माछापुच्छ्रे हिमालसहितको पर्यटकीय नगरी पोखराको रमणीय दृश्य । कोरोनाको कहरले लामो समय जकडिएको पोखरामा अहिले भने आन्तरिक पर्यटको चहलपहल बिस्तारै बढदै गएको छ ।पोखरा महानगरपालिका वडा नं ३३ चैनपुरबाट बिहीबार देखिएको माछापुच्छ्रे हिमालसहितको पर्यटकीय नगरी पोखराको रमणीय दृश्य ।भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डुका किसान धान काटदै ।भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ कटुन्जेमा देखिएको पहेंलै फुलेको तोरीबारी ।पर्वत पाङग अदुवाबारीबाट देखिएको धौलागिरि हिमालको मनोरम दृश्य ।पोखरा महानगरपालिका वडा नं १७ बिरौटाबाट बिहीबार साँझ सुन्दर फूलको बीचमा देखिएको माछापुच्छ्रे हिमालको मनोरम दृश्य ।पोखरा महानगरपालिका १८ सराङकोटबाट देखिएको फेवाताल र तालमाथि उडिरहेका प्याराग्लाइडिङको दृश्य । आन्तरिक पर्यटकलाई लक्षित गरेर सस्तो प्याकेजमा पोखरामा प्याराग्लाइडिङ उडान भएको छ ।पोखरा महानगरपालिका १८ सराङकोटबाट देखिएको फेवाताल र तालमाथि उडिरहेका प्याराग्लाइडिङको दृश्य ।पोखराबाट शुक्रबार बिहान देखिएको अन्नपूर्ण हिम श्रृङखलाको सुन्दर दृश्य ।तनहुँको व्यास नगरपालिका५ मानहुँकोटबाट हिमाल हेर्दै आन्तरिक पर्यटक । मानहुँकोट दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यको रुपमा विकास भइरहेको छ ।काभ्रेको धुुलीखेलबाट देखिएको रमणीय हिम शृखला । जाडोयामसँगै मौसम सफा भएपछि हिमाल मुस्कुराउन थालेको देख्न सकिन्छ ।काभ्रेको धुुलीखेलबाट देखिएको रमणीय हिम शृखला ।लमही नगरपालिका वडा नं ३ मा रहेको जखेरा तालमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्थ्यो । कोरोना भाइरसका कारण सुनसन छ ।मौसम सफा भएपछि काठमाडौँ कीर्तिपुरबाट देखिएको स्वयम्भू स्तुपा एवं हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङखला सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमाल आदि हिमाल देख्न सकिन्छ । मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य । मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य ।मौशम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य । मौशम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङखलाहरु सगरमाथा, मनास्लु,गौरीशङकर,ल्होत्से,मकालु,कञ्चनजङघा हिमाल आदी हिमालहरु देख्न सकिने सकिन्छ ।पर्वतको कुश्मामा रहेको झुलुङ्गेपुलमा रमाउँदै अन्तरिक पर्यटक । पर्वत जिल्ला झुलुङ्गे पुलको जिल्लाको रुपमा परिचित रहेको छ ।पर्वतको कुश्मामा रहेको झुलुङ्गेपुलमा रमाउँदै अन्तरिक पर्यटक । पर्वत जिल्ला झुलुङ्गे पुलको जिल्लाको रुपमा परिचित रहेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका२ स्थित लमसुङमा रहेको नर्जा झरना ।म्याग्दीको धवलागिरी गाउँपालिका२ स्थित लमसुङमा रहेको नर्जा झरना ।धनगढीमा निर्माणाधीन अवस्थामा रहेको मोहनाअत्तरिया छ लेन सडक । धनगढीदेखि अत्तरियासम्मको १४ किलोमिटर लामो सडक मध्ये शहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको सडकको निर्माण कार्य भइरहेको छ ।
प्रकाशित मिति :
१४ कार्तिक २०७७, शुक्रबार २ :
१९ बजे
प्रतिक्रिया