पत्रकार गिरी रिहा « Khabarhub

पत्रकार गिरी रिहा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाचार लेखेकै आरोपमा पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरी रिहा भएका छन् । उनलाई तारिख रिहा गरिएको हो ।

सीआईबी प्रमुख डीआईजी निरज शाहीले यो प्रकरण टुङ्ग्याउने सहमति भएको जानकारी दिएका छन् । प्राविधिक रुपमा गल्ती सानै भए पनि नियत खराव नभएको हुँदा सम्बन्धित कर्मचारीलाई स्पस्टीकरण सोधिएको  उनले बताए । चित्तबुझ्दो जवाफ नआएमा उचित कारबाही हुने डीआइजी शाहीले बताए ।

तान्डव न्यूज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए ।

सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको थियो ।

उनलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ कास्कीले सोमबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो । भने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरी पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको जनाएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ५३ बजे

श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका

कागबेनी-छुसाङ सडक निर्माण सुरु

मुस्ताङ– छुसाङ-कागबेनी १० किलोमिटर सडक  निर्माण सुरु भएको छ । 

महाकाली करिडोर : डेढ दशकमा छ किलोमिटर कालोपत्र

कञ्चनपुर– सरकारले कञ्चनपुरको बह्मदेवदेखि नेपाल-चीन सिमाना तिंकरसम्म जोड्ने ध्येयकासाथ डेढ

पाँच महिनापछि काठमाडौंमा उत्रिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि नेपाल

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर