तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो गुर्जो « Khabarhub

तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो गुर्जो


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ ।

त्यस्तै आजै मात्र उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको विरूवा रोपिएको छ ।

आज शनिबार एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको विरूवा रोपिएको हो ।

No description available.

‘फ्रन्ट लाईनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनु पर्ने भएकोले कोरोना भाईरस संक्रमणको जोखिम ज्यादा छ ।’ एसएसपी भिम प्रसाद ढकालले भने,“त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाईदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता विरूवा रोप्ने कामको थालनी गरिएको हो ।”

आन्तरिक राजश्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह-सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा वितरण गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : १० बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा