विप्लव समूहकी नेतृ पाटनबाट पक्राउ « Khabarhub

विप्लव समूहकी नेतृ पाटनबाट पक्राउ


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहकी नेतृ पाटनबाट पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित समूह नेकपाकी ललितपुर जिल्ला सचिव सावित्रा अधिकारी (विदुषी) रहेकी छिन् । उनले ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिएकी थिइन् ।

गत जेठमा पाटनबाट हतियार तथा विस्फोटक पदार्थसहित आफ्ना पार्टीका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्य पक्राउ पर्दा उनले विज्ञप्ति जारी गर्दै एसएसपी राईलाई कारबाही गर्ने चेतावनी दिएकी थिइन् ।

विप्लव समूहले आज (आइतबार) ललितपुरमा कोणसभा गर्ने घोषणा गरेको थियो । शनिबार राति सावित्राको साथबाट मोबाइल, सिमलगायत विप्लव समूहका झन्डा तथा ब्यानरसमेत बरामद गरिएको एसएसपी राईले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १२ : ३६ बजे

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी