कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था जटिल, उपचारका लागि दिल्ली लैजान माग | Khabarhub Khabarhub

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था जटिल, उपचारका लागि दिल्ली लैजान माग


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमित कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । उनलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको छ ।

उनलाई शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको हो । वीर अस्पतालमा परीक्षणका क्रममा कोरोना देखिएपछि उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

निमोनियाको संक्रमणले उनको फोक्सोमा धेरै प्रभावित बनाएको परिवार स्रोतले जनाएको छ । उनको स्वास्थ्यमा सुधार आउन अझै केही समय लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनको स्वास्थ्य अवस्था केही जटिल भएका कारण विश्वकर्मासाथै स्वास्थ्य अवस्था बिग्रिएका कारण आइसियूबाट भेन्टिलेटरमा सार्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।

यसैबीच विश्वकर्माको स्वास्थ्य उपचारमा सहयोग गर्न कांग्रेसले माग गरेको छ । शनिवार कांग्रेस सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरी उपचारमा सहयोग गर्न आग्रह गरेका थिए ।

त्यस्तै कांग्रेस संगठन विभागका प्रमुख तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले कोरोना संक्रमित विश्वकर्मालाई थप उपचारका लागि दिल्ली लैजान सरकारसँग माग राखेका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उपचारको लागि एयर एम्बुलेन्समार्फत दिल्ली लान आग्रह गरेको श्रेष्ठले बताए।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ३ : ०१ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना