कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने « Khabarhub

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आइतबार नहुने भएको जनाइएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबारै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए ।

आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन शनिबार नै आग्रह गरेका थिए ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरुलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुटेको स्रोतले जनाएको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा ३३ सांसद नेकपाका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ४ : ०३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान