मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको काउण्टर « Khabarhub

मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको काउण्टर


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका-१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

काउण्टरको सोमबार बिहान गण्डकी प्रदेशका प्रदेश सभासद कृष्ण थापाज्यूले एक समारोहका उद्घाटन गरेका हुन् ।
मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने बैंकले जनाएको छ ।

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्फत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्‍याउने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : ५७ बजे

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत