नेपाल भ्रमणले सम्बन्ध थप सुदृढ हुनेछ : भारतीय सेनाध्यक्ष « Khabarhub

नेपाल भ्रमणले सम्बन्ध थप सुदृढ हुनेछ : भारतीय सेनाध्यक्ष


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपालीसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण गर्न लागेको बताएका छन् ।

भारतको समाचार एजेन्सी एएनआईलाई मंगलबार प्रतिक्रिया दिने क्रमना उनले नेपालसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न भ्रमण गर्न लागेको बताएका हुन् ।

उनी बुधबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आउनेछन् ।

‘म नेपाल भ्रमणमा जाने र मेरा नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापासँग भेट्ने अवसरका लागि खुशी छु,’ नरभणेले भनेका छन्, ‘यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध र मित्रता थप सुदृढ गर्न लामो मार्ग तय गर्नेछ भन्नेमा म ढुक्क छु ।’

उनले नेपालका प्रधानमन्त्रीसँग भेट्ने अवसरका लागि पनि आभारी रहेको बताएका छन् । त्यसैगरी नेपालका राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथी पदबाट विभूषित हुन पाउनु पनि ठूलो सम्मान भएको जनाएका छन् ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : २७ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय

रास्वपा केन्द्रीय समिति बैठकले के-के निर्णय गर्‍यो ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका प्रमुख

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६