नेपाल भ्रमणले सम्बन्ध थप सुदृढ हुनेछ : भारतीय सेनाध्यक्ष | Khabarhub Khabarhub

नेपाल भ्रमणले सम्बन्ध थप सुदृढ हुनेछ : भारतीय सेनाध्यक्ष


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपालीसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण गर्न लागेको बताएका छन् ।

भारतको समाचार एजेन्सी एएनआईलाई मंगलबार प्रतिक्रिया दिने क्रमना उनले नेपालसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न भ्रमण गर्न लागेको बताएका हुन् ।

उनी बुधबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आउनेछन् ।

‘म नेपाल भ्रमणमा जाने र मेरा नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापासँग भेट्ने अवसरका लागि खुशी छु,’ नरभणेले भनेका छन्, ‘यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध र मित्रता थप सुदृढ गर्न लामो मार्ग तय गर्नेछ भन्नेमा म ढुक्क छु ।’

उनले नेपालका प्रधानमन्त्रीसँग भेट्ने अवसरका लागि पनि आभारी रहेको बताएका छन् । त्यसैगरी नेपालका राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथी पदबाट विभूषित हुन पाउनु पनि ठूलो सम्मान भएको जनाएका छन् ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : २७ बजे

एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि

काठमाडौँ- बुधबार साँझ बालुवाटारमा सकिएको सरकार, राजनीतिक दल र जेन–जीका

वेस्ट इन्डिजले एक खेल अगावै जित्यो बङ्गलादेशविरुद्धको टी–२० सिरिज

ढाका – वेस्ट इन्डिजले बङ्गलादेशविरुद्धको दोस्रो टी–२० खेलमा १४ रनको

त्रिपक्षीय छलफलमा एमालेले भन्यो– संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ

काठमाडौं– नेकपा एमालेले संसद् पुर्नस्थापना गरेर जेनजीलाई सँगै लैजान सकिने

बालुवाटार बैठकमा जेन्जीको प्रस्तावमा जेनजीकै खण्डन

काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार, दल र जेनजीका

बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बिहीबार अपराह्नदेखि