उत्तरी अफगानिस्तानमा ६ जना लडाकू मारिए « Khabarhub

उत्तरी अफगानिस्तानमा ६ जना लडाकू मारिए


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल-अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा ६ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् ।

अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन् । उक्त कारबाहीका क्रममा तालिबान लडाकूका तर्फबाट पनि गोली चलाइएको सेनाले जनाएको छ ।

सेनाद्वारा जारी अर्को विज्ञप्तिमा उक्त कारबाहीका क्रममा एउटा सवारी साधन, आठ थान रकेट र आठ वटा बारुदी सुरुङ पनि बरामद भएको उल्लेख छ । भिडन्तमा सुरक्षाफौजतर्फ कुनै क्षति भएको छैन ।

गत शुक्रबारदेखि अफगानिस्तानका ३४ मध्ये २५ वटा प्रान्तमा सुरक्षाफौज र तालिबानी लडाकू समूहबीच सङ्घर्ष जारी छ । तालिबानले गत शुक्रबार नयाँ सशस्त्र सङ्घर्ष अघि बढाउने घोषणा गरेको थियो ।

तालिबानले हरेक वर्ष वसन्त ऋतुका दिनहरुमा विशेष रुपमा आक्रमणका योजना बनाउने गरेको छ । कुन्दुजमा गत शनिबार पाँच जना सैनिक, पाँच जना सर्वसाधारण र ठूलो संख्यामा लडाकूहरु मारिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १ : ०१ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार