भारतीय सेना प्रमुखले जङ्गी अड्डामा के के गरे ? (भिडियोसहित) « Khabarhub

भारतीय सेना प्रमुखले जङ्गी अड्डामा के के गरे ? (भिडियोसहित)


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज नेपाली सेनाको मुख्यालयको निरीक्षण गरेका छन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा बुधबार नेपाल आएका नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भए ।

बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए । सो अवसरमा उनले यसभन्दा अघि भ्रमणमा आएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका छन् ।

त्यसपछि प्रधान सेनापति थापा र जनरल नरवणेबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ ।

हेरौं भिडियो

छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा ब्रिफिङ गरिएको थियो ।

भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा उनले नेपाली सेनालाई विगतमा सम्पन्न Nepal-India Bilateral Consultative Group’s Meeting on Security Issues को निर्णय अनुसार, सहयोग स्वरुप दुइ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेका थिए ।

नेपाली सेनाका तर्फबाट सेनापति थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका छन् ।

आज साँझ नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

 

तस्वीर : नेपाली सेना

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  २ : ४९ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको