ट्रम्पले झूट बोलेपछि टीभी च्यानलले बीचैमा काटे प्रत्यक्ष प्रसारण | Khabarhub Khabarhub

ट्रम्पले झूट बोलेपछि टीभी च्यानलले बीचैमा काटे प्रत्यक्ष प्रसारण


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना सुरु भएको छ । राष्ट्रपतीय निर्वाचनकव मतगणना जारी रहेका बेला ट्रम्पको मत कम देखिन थालेपछि ट्रम्पले आक्रोश पोख्न थालेका छन् ।

उनले सम्बोधनका क्रममा पनि झुट बोल्न थालेको पाइएको छ । उनले बिहीबार राति गरेको सम्बोधनमा झुट बोल्न थालेपछि टेलिभिजन च्यानलहरुले बीचमै प्रत्यक्ष प्रसारण काटेका छन् ।

ट्रम्पले गलत सूचना दिएको भन्दै टेलिभिजनले प्रत्यक्ष प्रसारण कटाएको जनाएका छन् ।

प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजनहरुका अनुसार ट्रम्पले १७ मिनेटको सम्बोधनमा प्रमाण नभएका दाबीहरू गरेका थिए । । डेमोक्रेटहरूले अवैध भोट हालेको अनि निर्वाचन हडप्न खोजेको आरोप ट्रम्पको थियो।

महत्त्वपूर्ण राज्यहरूमा ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनले अग्रता बढाउँदै लगेको अवस्थामा ट्रम्पको आक्रोश अभिव्यक्त भएको हो ।

‘अमेरिकाका राष्ट्रपतिको भाषणको प्रसारण बीचैमा रोक्ने मात्र नभई सुधार्ने स्थितिमा हामी आइपुगेका छौं,’ एमएसएनबीसी टीभीका प्रस्तोता ब्रायन विलियम्सले बताए । अनि उक्त टीभीले प्रत्यक्ष प्रसारण बीचैमा रोक्यो । एनबीसी र एबीसी न्युजले पनि ट्रम्पको प्रत्यक्ष प्रसारण रोके ।

‘अमेरिकी जनताले आफ्ना राष्ट्रपतिबाट यस्तो कुरा सुन्नुपरेको विरक्तलाग्दो स्थिति हो,’ सीएनएनका जेक ट्याप्परले बताए ।

निर्वाचन हडपेको भन्ने झूटमाथि झूट बोलेको र कुनै प्रमाण नदिइकन आरोप मात्र लगाएको भनी उनले ट्रम्पको भाषणको व्याख्या गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १२ : ४७ बजे

निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती

मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने

मस्को- इरानी विदेशमन्त्री अब्बास अरागची रसिया पुगेका छन् । इजरायलले

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

किएभ– युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा

सामान्य अंकले बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा