ट्रम्पले झूट बोलेपछि टीभी च्यानलले बीचैमा काटे प्रत्यक्ष प्रसारण « Khabarhub

ट्रम्पले झूट बोलेपछि टीभी च्यानलले बीचैमा काटे प्रत्यक्ष प्रसारण


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना सुरु भएको छ । राष्ट्रपतीय निर्वाचनकव मतगणना जारी रहेका बेला ट्रम्पको मत कम देखिन थालेपछि ट्रम्पले आक्रोश पोख्न थालेका छन् ।

उनले सम्बोधनका क्रममा पनि झुट बोल्न थालेको पाइएको छ । उनले बिहीबार राति गरेको सम्बोधनमा झुट बोल्न थालेपछि टेलिभिजन च्यानलहरुले बीचमै प्रत्यक्ष प्रसारण काटेका छन् ।

ट्रम्पले गलत सूचना दिएको भन्दै टेलिभिजनले प्रत्यक्ष प्रसारण कटाएको जनाएका छन् ।

प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजनहरुका अनुसार ट्रम्पले १७ मिनेटको सम्बोधनमा प्रमाण नभएका दाबीहरू गरेका थिए । । डेमोक्रेटहरूले अवैध भोट हालेको अनि निर्वाचन हडप्न खोजेको आरोप ट्रम्पको थियो।

महत्त्वपूर्ण राज्यहरूमा ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनले अग्रता बढाउँदै लगेको अवस्थामा ट्रम्पको आक्रोश अभिव्यक्त भएको हो ।

‘अमेरिकाका राष्ट्रपतिको भाषणको प्रसारण बीचैमा रोक्ने मात्र नभई सुधार्ने स्थितिमा हामी आइपुगेका छौं,’ एमएसएनबीसी टीभीका प्रस्तोता ब्रायन विलियम्सले बताए । अनि उक्त टीभीले प्रत्यक्ष प्रसारण बीचैमा रोक्यो । एनबीसी र एबीसी न्युजले पनि ट्रम्पको प्रत्यक्ष प्रसारण रोके ।

‘अमेरिकी जनताले आफ्ना राष्ट्रपतिबाट यस्तो कुरा सुन्नुपरेको विरक्तलाग्दो स्थिति हो,’ सीएनएनका जेक ट्याप्परले बताए ।

निर्वाचन हडपेको भन्ने झूटमाथि झूट बोलेको र कुनै प्रमाण नदिइकन आरोप मात्र लगाएको भनी उनले ट्रम्पको भाषणको व्याख्या गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १२ : ४७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको