क्यानले सच्यायो खेलाडीहरुको वर्गिकरण « Khabarhub

क्यानले सच्यायो खेलाडीहरुको वर्गिकरण


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको वर्गिकरण सच्याएको छ ।

शनिबार अनलाइनमार्फत बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामी, अभिनास बोहरा, ललित नारायण राजवंशी, सन्दीप जोराको  वर्गिकरण सच्याएको हो ।

यसअघि सोमपाललाई बी ग्रेडमा राखिएकोमा उनलाई स्तरवृद्धि गर्दै ए मा राखिएको छ भने यसअघि सी ग्रेडमा राखिएका अभिनास बोहरालाई बी ग्रेडमा राखिएको छ  ।

त्यसैगरी ग्रेडमै नपरेका राजवंशीलाई अहिले बी ग्रेडमा राखिएका् छ ।यसअघि बी ग्रेडमा परेका जोरालाई अहिले सी ग्रेडमा घटाइएको छ ।

यस्तै, महिला खेलाडीतर्फ पनि खेलाडीहरुको वर्गिकरण तलमाथि गरिएको छ । सरस्वती चौधरीलाई ग्रेड बी मा र ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा राखिएको छ ।

खेलाडीको वर्गीकरणमा लापरबाही भएको भन्दै आलोचना भएपछि क्यानले त्यसलाई सच्याएको हो ।

यस्तै, आज बसेको बोर्ड बैठकले राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।
संघको वार्षिक साधारण सभा मंसिर ३ गते गर्ने निर्णय गरेको छ ।

खेलाडी वर्गीकरण सूची

पुरुष –

‘ए’ श्रेणी – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,

‘बी’ श्रेणी – सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा

‘सी’ श्रेणी – सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा

महिला –

‘ए’ श्रेणी – रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी

‘बी’ श्रेणी – ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी

‘सी’ श्रेणी – कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ४ : २३ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति