राष्ट्रपति चुनिएपछि बाइडेनले गरे एकताको आह्वान « Khabarhub

राष्ट्रपति चुनिएपछि बाइडेनले गरे एकताको आह्वान


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका जो बाइडेनले  पहिलो विजयी सम्बोधन गर्दै सहकार्य र एकताको आह्वान गरेका छन् ।

देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई इतिहासमै सबैभन्दा बढी भोट दिएर जिताएकोमा सबैलाई साथ लिएर अघि बढ्ने बताए ।

‘अमेरिकाका जनताले स्पष्ट जनादेश दिएका छन्। यो जित तपाईंहरूको हो। मैले ७.४ करोड भोट प्राप्त गरेको छु। यति भोट अहिलेसम्म कसैले (अमेरिकाको इतिहासमा) पाएका थिएनन्।’

सम्बोधनका क्रममा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प विपक्षी भए पनि शत्रु नभएको उल्लेख गरे । ‘हामी विपक्षी हुन सक्छौँ, शुत्र कदापी होइनौँ । अब ‘राक्षसीकरण’ गर्ने समयको अन्त्य गरिनु पर्ने पनि उनले बताए।

उनले मतभेदलाई पाखा लगाएर जनताको सेवाका लागि सहकार्य गर्नु पर्ने बेला आएको र त्यसको सन्देश चुनाव मार्फत अमेरिकीले दिएको भन्दै सिनेट तथा हाउसमा रहेका रिपब्लिकनहरुलाई सहकार्यका लागि अपिल गरे।

‘म अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन दिन्नँ। म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन। म सबैसँग मिलेर काम गर्छु। म यस मुलुकको मेरुदण्डलाई फेरि उठाउँछु।’

जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरेपछि उनी अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका छन्।

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर तीनमा मतदान भएको थियो । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए ।

सन् २००८ देखि २०१६ सम्म उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन् ।

ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : १५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको