अब बढी धुँवा फ्याँक्ने गाडीलाई कारबाही « Khabarhub

अब बढी धुँवा फ्याँक्ने गाडीलाई कारबाही


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी साधनको प्रदूषण मापन गर्दा काठमाडौं उपत्यकामा मात्रै चार सय ७६ सवारी साधनको प्रदूषण फेल भएको पाइएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्य योजनाअन्तर्गत शुरु भएको अभियानमा ती गाडीको प्रदूषण फेल भएको पाइएको हो । ती सवारी साधनलाई कारवाही गरी मापदण्डअनुसारको बनाउन निर्देशन दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए ।

चैत २१ देखि वैशाख ३ गतेसम्म दुई हप्ताको अवधिमा ती गाडीलाई कारवाही गरिएको हो । सो अवधीमा ट्राफिक प्रहरी महाशाखाले शुकेधारा, गौशाला, धुम्बाराही, चप्पल कारखाना, शंखपार्कलगायत आठ क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएको तथा दुई हजार ६२७ मोटरसाइकल तथा स्कुटरलाई सचेतना शिक्षा प्रदान गरिएको थियो । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म र थापाथलीदेखि सोल्टीमोड र लाजिम्पाट क्षेत्रमा फुटपाथ व्यवसाय हटाइएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ९ : २५ बजे

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ

काठमाडौं– प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने