साताको पहिलो दिन नेप्से दोहोरो अंकले वृद्धि « Khabarhub

साताको पहिलो दिन नेप्से दोहोरो अंकले वृद्धि


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आइतवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।

यस दिन १२ दशमलव ४९ अंक बढेर नेप्से परिसूचक १ हजार ६४८ दशमलव ५९ विन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीवार ४ दशमलव ४७ अंक घटेर १ हजार ६३६ दशमलव १७ विन्दुमा बन्द भएको बजार आइतवार भने १ हजार ६४३ दशमलव २९ विन्दुदेखि खुलेको हो । यो दिन बजार १ हजार ६३७ दशमलव ८० विन्दुसम्म झरेको थियो ।

आइतवार १९८ ओटा कम्पनीको ४१ हजार ७६७ पटकको व्यापारमा रू. ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार बराबरको १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता शेयर कारोबार भएको छ । आइतवार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकमको शेयर कारोबार भएको छ ।

उक्त कम्पनीको रू. २५ करोड ९२ लाख २ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २६ ले बढेर रू. ८९४ पुगेको छ । यो दिन उक्त कम्पनीको अधिकतम रू. ९०५ र न्यूनतम रू. ८५८ मा शेयर कारोबार भएको छ । आइतवार उक्त कम्पनीको २ लाख ९१ हजार ३२३ कित्ता शेयर कारोबार भएको छ ।बढेको बजारमा आइतवार ५० ओटा कम्पनीको शेयरमूल्य घटेको छ ।

यी मध्ये पनि नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ३ दशमलव ५७ प्रतिशतले घटेर अन्तिम मूल्य रू. २७० मा पुगेको छ ।

यो दिन छ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि देखिएको छ । हिमालयन डिष्टिलरीको ९ दशमलव ९७ प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेशनको ९ दशमलव ९५ प्रतिशत, दिव्यश्वरी हाइड्रोको ९ दशमलव ९२ प्रतिशत, मिथिला लघुवित्तको ९ दशमलव ९० प्रतिशत , युनिभर्सल पावर कम्पनीको ९ दशमलव ८६ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ८४ प्रतिशतले शेयरमूल्य बढेको हो ।

आइतवारको कारोबारमा १२ ओटा समुहमध्ये बैंकिङ समुह शून्य दशमलव शून्य ९ प्रतिशतले र विकास बैंक शून्य दशमलव ३२ प्रतिशतले घटेको छ । बाँकी सबै समुहको परिसूचक बढेको छ ।

यो दिन सर्वाधिक व्यापारिक समुहको परिसूचक ८ दशमलव ५८ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको ४ दशमलव शून्य ४ प्रतिशत, अन्यको २ दशमलव ६३ प्रतिशत, जलविद्युतको २ दशमलव १४ प्रतिशत, होटलको १ दशमलव ५८ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ४१ प्रतिशत, वित्तको शून्य दशमलव ४९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४१ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ९ प्रतिशत परिसूचक बढेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ४ : १० बजे

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित