सीके राउतका सहयोगी महतोले बनाए छुट्टै समूह | Khabarhub Khabarhub

सीके राउतका सहयोगी महतोले बनाए छुट्टै समूह


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- सीके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले नयाँ स्वाधीन मधेस जनअभियान नामक संगठन खोलेका छन् । आइतबार जनकपुरमा उनको नेतृत्वमा १४ सदस्यीय तदर्थ समिति घोषणा भएको छ ।

महतोले बनाएको समितिमा रमेश सिंह (महोत्तरी), संजय कुमार साह (पर्सा), सतिला यादव (सिरहा), ध्रुव प्रसाद कहार ‘गौंड’ (नवलपरासी), महेन्द्र प्रसाद चौधरी (कैलाली), हकिकुल्लाह मुसलमान (कपिलवस्तु), दिनेश प्रसाद यादव र सुजित कुशवाहा (बारा), देवकान्त सिंह (सिरहा) अनवर खान (बांके), जगरनाथ सहनी (रुपन्देही), प्रवीण महतो (मोरंग) र नारदमुनि मण्डल (सप्तरी) रहेका छन् ।

उनले काठमाडौं र मधेसबीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने बताउँदै विभेदरहित सामाजिक प्रणालीको स्थापना गर्न संगठन बनाएको बताएका छन् ।

सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपछि महतो असन्तुष्ट बनेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : २७ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण