शेयर बजार २६ अंकले बढ्यो, ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार « Khabarhub

शेयर बजार २६ अंकले बढ्यो, ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेयर बजार परिसूचक नेप्से मङ्गलबार झण्डै २६ अङ्कले बढेको छ ।

जलविद्युत र म्युचल फण्डबाहेक सबै समूहको शेयर उकालो लागेपछि नेप्से २५ दशमलव ९८ अङ्कले बढेर १६ सय ७८ दशमलव ७९ विन्दुमा पुगेको हो ।

मङ्गलबार जीवन बीमा समूहको शेयर ४ सय ७६ अङ्कले बढेको छ । यस्तै निर्जीवन बीमा समूहको १ सय ६० अङ्कले, व्यापार समूहको शेयर १ सय ९ अङ्कले, होटलको ८७ अङ्कले, अन्य समूहको ४८ अङ्कले, उत्पादनको ४० अङ्कले र बैंक समूहको शेयर ७ अङ्कले बढेको छ ।

मङ्गलबार १ सय ९६ कम्पनीका ९६ लाख ५७ हजार कित्ता शेयर ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । साल्ट ट्रेडिङ र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् ।

समग्र बजार बढे पनि विशाल बजार कम्पनीका लगानीकर्ताले साढे ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ४ : १० बजे

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

किमाथांका– प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका