धादिङमा पनि पिसिआर परीक्षण हुने « Khabarhub

धादिङमा पनि पिसिआर परीक्षण हुने


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै आरटी पिसिआर परीक्षण गर्न माग भएको बेला धादिङमै पिसिआर परीक्षण हुने भएको छ ।

कोरोना लागे नलागेको परीक्षण गर्ने पिसिआर मेसिन राखेर धादिङबेंसीमा स्वाब परीक्षण गर्ने नीतिगत निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए ।

सांसद खेम लोहनी, भूमि त्रिपाठी र जिल्ला समन्वय समितिका प्रमुख नेपालको पहलमा पिसिआर मेसिन जिल्लामा ल्याउन लागिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको केन्द्रीय कोरोना कोषको बैठकले रु एक करोडको लागतमा पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको बताइएको छ ।

जिल्ला समन्वय समितिले मेसिन खरिदसँगै परीक्षणस्थल समेत तय गरी जिल्लामा कोरोना परीक्षण गर्ने व्यवस्थापन गरिने कार्यक्रम रहेको छ । ठूलो ल्याब र यसका लागि जनशक्ति समेत व्यवस्थापन गरी दुई महिनाभित्र परीक्षण गर्ने सकिने योजना रहेको बताइएको छ ।

अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै जिल्लामै पिसिआर परीक्षण हुने भएपछि जिल्लावासी खुसी भएका छन् । केही समयदेखि धादिङमा सङ्क्रमितको सङ्ख्या थपिइरहेको र कोरोनाको लक्षण देखिएका बिरामीहरु समेत धेरै रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : २४ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच