नदीमा डुबेर किशोरको मृत्यु « Khabarhub

नदीमा डुबेर किशोरको मृत्यु


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ ।

म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको जानकारी दिए ।

उनका अनुसार १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए ।

जनपथ प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : ३९ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि