यी ३ राशिले भुलेर पनि लगाउनु हुँदैन सुनका गहना « Khabarhub

यी ३ राशिले भुलेर पनि लगाउनु हुँदैन सुनका गहना


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बहुमुल्य धातुको रुपमा लिइन्छ सुन र हिरा । यिनको सम्बन्ध विभिन्न ग्रहसँग हुन्छ ।

सौर्यमण्डलमा रहेका ग्रहहरूले व्यक्तिको शरीरमा रहेको धातुअनुसार असर देखाउँछ । त्यसैले धातु शरीरमा लगाउँदा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

धर्मशास्त्र अनुसार सुनका गरगहनालाई लापरवाही गरिनु पनि गलत हो भन्ने गरिन्छ ।

सुनको गहनाकै कारण भाग्यमा पनि असर गर्छ भनेर धर्म शास्त्रले उल्लेख गरेको ज्योतिषीहरू बताउँछन् ।

सुन्दर देखिन लगाइने गहनाकै कारण भाग्यमा असर पर्न सक्ने चेतावनी ज्योतिषीहरूको छ ।

ज्योतिष शास्त्रका अनुसार विभिन्न तीन राशिका मानिसहरुले सुन लगाउनु हुँदैन ।

ती तीन राशि हुन् मेष राशि, कन्या राशी र धनु । हाम्रा बाह्र राशिमध्ये यी तीन राशिले भुलेर पनि सुन लगाउनु हुँदैन ।

यी तीन राशि भएका व्यक्तिहरुले हातमा औंठी लगाउँदा पनि बाधा पुग्छ । यी राशि भएका व्यक्तिहरुले जीवनमा दुःख मात्र पाइरहेका छन् भने सुन लगाउनु हुँदैन ।

यी व्यक्तिहरुले हातमा सुन लगाउनै हुँदैन । लगाउनै परे पनि चाडवाड र विशेष बेलामा मात्र लगाउनुहोस् ।नत्र भने सुनका गरगहनाले तपाइको प्रगतिमा बाधा ल्याउँछ ।

ज्योतिषशात्र अनुसार तपाईको जीवनमा बाधा ल्याउने औंठी बेच्दा पनि तपाइको बाधा हटेर जाने ज्योतिष शास्त्रले बताउँछ । सुन लागौनाले मेष, कन्या र धनु राशीको धन सम्पत्ति र उर्जामा नकारात्मक असर पैदा गर्छ ।

यी तीन राशि आफैमा उर्जाशील राशी हो । सुनले उर्जा दिन्छ त्यसैले उर्जा बढी भयो भने त्यसले नकारात्मक उर्जा दिने ज्योतिषशास्त्रीहरु बताउँछन् । त्यसैले तपाइ आफ्नो जीवनलाई सजाउन चाहनुहुन्छ भने सुन लगाउने र सुन राख्ने विधि पनि जान्नुपर्ने हुन्छ ।

ज्योतिष शास्त्रका अनुसार मेष कन्या र धनु राशिले बायाँ हातमा सुन लगाउनु उचित होइन । यसो गर्दा दुर्भाग्य निम्त्याउछ भन्ने विस्वास गरिन्छ । साथै सुन हराउनु र भेटाउनु पनि अशुभ मानिन्छ ।

सुन हराउँदा स्वास्थ्यमा समस्या आउँछ र भेटिएको सुन घरमा राख्दा खर्च बढेर जाने बताइन्छ । सुन हराउनु र भेटाउनुले पनि अशुभ बोल्छ ।

यदि तपाई दाम्पत्य जीवन सुखमय बनाउन चाहनुहुन्छ भने घाँटीमा सुनको सिक्री र चोरी औंलामा सुनको औंठी लगाउनुहोस् तर गर्भवती महिला र वृद्धले सकेसम्म सुन नलगाउनुहोस ।

खुट्टामा सुन लगाउनु पनि अशुभ मानिन्छ । फलाम कोइला वा शनिसंग समबन्धित काम गर्ने मान्छेले पनि सुन लगाउनु हुँदैन । यो अशुभ मानिन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : ५४ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको