बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी बढ्यो « Khabarhub

बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी बढ्यो


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लाको चङ्खेली गाउँपालिका–५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ ।

सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौंको राजस्व घाटा लागेको छ ।

सो वडाको नेप्का गाउँको टाँके, माडिभिटा, फुने र निलीलगायत क्षेत्रबाट बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको स्थानीयवासीले बताएका छन् । त्यस क्षेत्रमा पाइने कुरिलो, काउलो, जटामसी, चिराइतो, गुच्छी च्याउ, कटुको र पदमचाललगायत बहुमूल्य जडीबुटीको अवैध चोरी–पैठारी बढेको वडाध्यक्ष भैरव तामाङले जानकारी दिए ।

चोरी–पैठारी गर्नेले हचुवाको भरमा बीउ नै मासिने गरी उत्खनन गर्दा जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् । मुगु र जुम्लाका ठेकेदारले मजदूर लगाएर बहुमूल्य जडीबुटीको तस्करी गर्ने गरे पनि रोक्नेतर्फ सम्बन्धित निकायले चासो नदिएपछि गाउँलेले पालो गर्दै रक्षक बस्न थालेको उनको भनाइ छ ।

नेप्का गाउँका विभिन्न ठाउँबाट सयौँ क्विन्टल कटुकी चोरी भएपछि गाउँका ६६ घरधुरी मिलेर विभिन्न स्थानमा जडीबुटी जोगाउन वन रक्षक बस्नुपर्ने वाध्यता रहेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

यस्तै सिमकोट गाउँपालिका–१ का चुवाखोला वनमा ठूलो सङ्ख्यामा बाहिर जिल्लाका नागरिक जडिबुटी सङ्कलन गर्न आएको स्थानीयवासीको भनाइ छ ।

खुला सीमा नाका कारण तस्करले लाखौं मूल्यको जडीबुटी अवैध रूपमा निकासी गर्दै आएका छन् । जथाभावी चोरी–निकासी बढ्न थालेपछि स्थानीयवासी रोकथामका लागि पहल गरिदिन माग गरेका छन् ।

तस्करले लाखौंको राजस्व छली गर्दासमेत जिल्ला वन कार्यालयको यसतर्फ ध्यान गएको छैन । दिन प्रतिदिन चोरी–निकासी बढ्दै गएको छ ।

कतिपय जडीबुटी सङ्कलन नै नभएर जङ्गलमा खेर जाने गरेका छन् भने सङकलन भएको मध्ये पनि धेरै जसो चोरी–निकासी हुने गरेको छ । सरकारले प्रतिबन्धित जडीबुटीको सूचीमा सूचीकृत गरेका जडीबुटीसमेत निकासी भइरहेको स्थानीयवासीको भनाइ छ ।

खुला सीमा नाका कारण अवैध चोरी–निकासी रोक्न समस्या भएको हो, अब चोरी–निकासी रोक्नेतर्फ स्थानीय सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ३ : ५० बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच