राप्रपाको विरोध अभियान, घरदैलोदेखि ब्यानर जलाउनेसम्म « Khabarhub

राप्रपाको विरोध अभियान, घरदैलोदेखि ब्यानर जलाउनेसम्म


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखेर आन्दोलन गरिरहेको राप्रपाले देशव्यापी घरदैलो अभियान चलाउने भएको छ। बुधबार र बिहीबार देशव्यापी घरदैलो गर्दै बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम तय गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुन मै १५ दिने मेची महाकाली यात्रा सम्पन्न गरिसकेको छ ।

पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रित कार्यालयमा भ्रष्टाचारको अन्त्यलगायतका माग राखेर एक घण्टे धर्ना पनि दिएको छ ।

पहिलो चरणको तेश्रो कार्यक्रम अन्तर्गत वैशाख ४ र ५ गते देशव्यापी घरदैलो अभियान घोषणा गरेको राप्रपाले बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ । राप्रपाले बैशाख ६ गतेको कार्यक्रमलाई हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डालाई नयाँ चरणमा लैजाने “टर्निङ्ग प्वाइन्ट” हुने श्रेष्ठले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ०४ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार