कोरोना नियन्त्रणमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च, कहाँ कति ? « Khabarhub

कोरोना नियन्त्रणमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च, कहाँ कति ?


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा हालम्म ६ अर्ब भन्दा बढी रकम खर्च भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक वर्ष २०७७/०७८ मा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन भएको जानकारी दिए ।

जसमा हाइ डिपेन्डेन्सी युनिटका लागि ३ अर्ब २५ करोड समेत समावेश गरिएको जानकारी दिए ।

त्यसैगरी उनले प्रयोगशाला तथा परीक्षण व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख निकासा गरिएको बताए ।

संक्रमित व्यवस्थापन, कन्ट्याक ट्रेसिङ, जोखिम भत्ता बापत १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको  जानकारी दिँदै उनले आइसीयु, भेन्टिलेटर र अस्पताल सूदृढीकरणमा १ अर्ब २९ करोड ९० लाख रकम निकासा गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ५९ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको