राजनीतिक निर्णयमा अदालत निरपेक्ष बस्‍नु नै उचित : मुख्यमन्त्री पोखरेल « Khabarhub

राजनीतिक निर्णयमा अदालत निरपेक्ष बस्‍नु नै उचित : मुख्यमन्त्री पोखरेल


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ढिलै भए पनि सर्वोच्च अदालतले उपाध्यक्ष वामदेव गौतमलाई न्याय गरेको प्रतिक्रिया दिएका छन् ।

उपाध्यक्ष गौतममाथि परेको मुद्दामा आजै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने निर्णय गरेको छ ।

पोखरेले गौतमलाई बधाई दिँदै राजनीतिक आन्दोलनमा खेलेको विशिष्ट योगदान र हासिल गरेको अनुभव पनि विज्ञता मान्नुपर्ने जिकिर गरेका छन् ।

“मन्त्रिपरिषदले गरेको राजनीतिक निर्णयमा अदालत निरपेक्ष बस्नु नै उचित हुन्थ्यो । ढिलै भए पनि सर्वोच्च अदालतले आफ्नो कमजोरी सच्चाएको छ । राजनीतिक आन्दोलनमा खेलेको विशिष्ट योगदान र हासिल गरेको अनुभव पनि विज्ञता नै हो । यस प्रश्नमा अनावश्यक विवाद सिर्जना गर्न खोजिएको थियो । बधाई छ कमरेड वामदेव गौतमलाई,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : ३० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना