महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई ‘महाकवि देवकोटा पुरस्कार’ « Khabarhub

महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई ‘महाकवि देवकोटा पुरस्कार’


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने ‘महाकवि देवकोटा पुरस्कार’बाट सम्मानित भएका छन् । नेपाली वाङ्मय प्रतिष्ठानले नेपाली महाकाव्य सिर्जना र प्रकाशनका क्षेत्रमा विशिष्ट योगदान दिएवापत न्यौपानेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

विसं २०२४ कात्तिक २८ गते सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट, कल्लेरी (हाल बलेफी गाउँपालिका वडा नं २) मा जन्मिएका न्यौपानेका दर्जन हाराहारी महाकाव्य प्रकाशित छन् ।

‘चन्द्रयुग’ बृहत्तर महाकाव्य रचना र प्रकाशनपछि थप चर्चामा रहेका न्यौपानेले नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएका छन्

लोकभाकाको ‘पालुवा’ खण्डकाव्य प्रकाशन गरेर साहित्य यात्रामा उदाएका न्यौपानेका कथा, निबन्ध, नियात्रा, कवितासङ्ग्रह, समालोचना, उपन्यासलगायत चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् । न्यौपानेले नेपाली साहित्यका महाकाव्यकार र महाकाव्यको गहिरो अध्ययन अनुसन्धानसमेत गरेका छन् ।

लामो समयसम्म शिक्षण पेशामा रहनुभएका न्यौपानेले छन्दोबद्ध कविता, नयाँ छन्दकै सिर्जना र मौलिकताका कारण नेपाली साहित्यमा अलग्गै स्थान बनाउन सफल भई यसअघि पनि थुप्रै सम्मान एवम् पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष शैलेन्दुप्रकाश नेपालले रु दश हजार राशिको उक्त पुरस्कार वातावरणानुकूल भएपछि समारोह आयोजना गरी न्यौपानेलाई हस्तान्तरण गरिने जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  १२ : १७ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत