काठमाडौं – हिन्दू नेपालीहरूको पर्व दिपावली नजिकिएसँगै भक्तपुरको गुण्डु र काठमाडौंको इचंगुका किसानलाई भ्याइनभ्याइ छ । किसानहरू तिहारमा खपत हुने फूल टिप्नमा व्यस्त छन् ।
तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका तथा फूलको माला लगाउने प्रचलन छ । तिहारमा फूलले उनेका मालामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सजाउने गर्छन् ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरोनाका कारण कम क्षेत्रफलमा फुल रोपेका किसान तिहार आएसँगै व्यस्त हुन थालेका छन् ।
फुलको पकेट क्षेत्र मानिएको गुण्डुका किसानले मखमली खेती गर्ने गर्छन् भने इचंगुका किसानले सयपत्री रोप्ने गर्छन् ।
कोरोनाका कारण व्यापारमा असर पर्ने पहिल्यै आंकलन गरेका गुण्डुका कृषकले मकै र भटमासजस्ता नगद बाली यस वर्ष आफ्नो खेतमा लगाए भने इचंगुका कृषकले पनि अन्य बाली लगाएका छन् ।
तिहार आएसँगै उनीहरु अहिले आफ्नो खेतीलाई बजारसम्म पुर्याउन फूल टिपिरहेका छन् । भक्तपुरको गुण्डु र काठमाडौंको इचंगुमा फूल टिपिरहेका किसानका तस्वीर खबरहबकर्मी सन्तोषराज पाण्डेले क्यामेरामा कैद गरेका छन् । हेरौं थप तस्वीरः
प्रतिक्रिया