यात्रुहरुको सुविधाका लागि कतार एयरवेजले ल्यायो टिकटका थप ६ विकल्प « Khabarhub

यात्रुहरुको सुविधाका लागि कतार एयरवेजले ल्यायो टिकटका थप ६ विकल्प


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार एयरवेजले आफ्ना यात्रुहरुलाई थप सुविधा एवं विकल्प प्रदान गर्ने क्रममा सम्पूर्ण टिकट श्रेणीमा नयाँ एवं सरल टिकट विकल्पहरु ल्याएको छ ।

आजबाट कतार एयरवेजले निम्न ६ श्रेणीमा टिकटहरु वितरण गर्ने जनाएको छ । जसमा बिज्नेस क्लासमा क्लासिक, कम्फर्ट र इलाइट रहेका छन् । त्यसैगरी  इकनमी क्लासमा क्लासिक, कन्भिनियन्स र कम्फर्ट को पनि व्यवस्था गरिएको जनाइएको छ ।

विभिन्न प्रकारको टिकटअनुसार यात्रुले विभिन्न सेवा सुविधा प्राप्त गर्नेछन् । जस्तै, इकनमी क्लास टिकट खरिद गर्ने यात्रुले प्रत्येक एक श्रेणी माथिको टिकट खरिदमा थप ५ किलो ब्यागेज आफूसँग लग्न पाउनेछन् ।

इकनमी क्लास कम्फर्ट टिकट खरिद गर्ने यात्रुले थप सुविधा स्वरुप आफूले इच्छाएको सिट छनौट गर्न पाउनेछन् भने इकनमी कम्फर्ट वा बिजनेस इलाइट टिकट खरिद गर्ने यात्रुले यात्राको मिति असीमित परिवर्तन र बिना कुनै शुल्क टिकट शुल्क फिर्ताको सुविधा पाउनेछन् । त्यसैगरी, सबै श्रेणीमा कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरुले थप क्युमाइल्स प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : १३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा