नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल शुरु | Khabarhub Khabarhub

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल शुरु


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलअन्तर्गतको पहिलो खेल शुरु भएको छ । बंगबन्धु रंगशालामा ४ः४५ बजेबाट खेल सुरु भएको हो ।

नेपाली राष्ट्रिय टोली ४–३–२–१ को रणनीतिमा मैदान उत्रिएको छ।

प्रशिक्षक बालगोपाल महर्जनले एक्ला स्ट्राइकरको रुपमा नवयुग श्रेष्ठलाई अघि सारेका छन्। यस्तै मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, सुजल श्रेष्ठ, रवि पासवान र अन्जन विष्ट रहेका छन् ।

रवि र अन्जनले नवयुगको सहयोगका लागि विंगरको भूमिका निर्वाह गरिरहेका छन् ।

अनन्त तामाङले सेन्ट्रल डिफेन्समा अजित भण्डारीको साथ पाएका छन्। लेफ्ट ब्याकमा सुमन अर्याल र राइट ब्याकमा विकास खवास उत्रिएका छन् ।

गोलपोष्ट कप्तान किरण चेम्जोङले सम्हालेका छन् ।

नेपाली राष्ट्रिय टोलीमा त्रिभुवन आर्मी क्लबका डिफेन्डर विकास खवासले डेब्यु गरेका छन्। पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका मोरङ सुन्दर हरैचाका खवासले बंगलादेशविरुद्ध डेब्युको अवसर पाएका हुन्।

नेपालको सुरुवाती ११

किरण चेम्जोङ, विकास खवास, अनन्त तामाङ, अजित भण्डारी, सुमन अर्याल, विक्रम लामा, तेज तामाङ, रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट, नवयुग श्रेष्ठ

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : ५२ बजे

नदी कटान रोकथाम गर्न ‘कम्पोजिट’ पर्खाल निर्माण

म्याग्दी– नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४

रामबहादुरको मुहारमा फर्किएको खुसी…

गोरखा- गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि पुनः

ढकमक्क गुलमोहर, पर्यटक आकर्षित

झापा- बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क

गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा

बागलुङ– बागलुङको गलकोट अस्पतालमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको

तनहुँको बुल्दीखोलामा पुल निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने कराङकाठबाट बसपार्क