कांग्रेस केन्द्रीय कार्यसमितिमा १० जना थपिए, सहमहामन्त्रीमा सुनिल थापा | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिमा १० जना थपिए, सहमहामन्त्रीमा सुनिल थापा


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिमा १० जना नयाँ सदस्य समायोजन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राप्रपाका नेता सुनिलबहादुर थापा सहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्य सहित जम्मा ३१ जना कांग्रेस पार्टीमा प्रवेश गरेकामध्ये १० जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेको हो । जसअनुसार थापालाई सहमहामन्त्री बनाइएको छ ।

बैठकले क्रियाशील सदस्यताको विवरण मंसिर मसान्तसम्म काठमाडौंमा ल्याउने पनि निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतले जानकारी दिए।

त्यस्तै बैठकले सांसद सूर्यकुमार केसीको निधनपछि रिक्त रहेको कांग्रेस कोटाको समानुपातिक सांसदमा मोहन पाण्डेलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले देशमा व्याप्त महामारी, भ्रष्टाचार, मूल्यवृद्धि, कालावजारी, कृतिम अभाव, वेरोजगारी, किसानका समस्या सरकारको अकर्मण्यता, गैर जिम्मेवारी र अलोकतान्त्रिक चिन्तनको उपज भएको ठहर पनि गरेको छ ।

पार्टीभित्रका समस्या समाधानका लागि विस्तृत छलफल गर्न तिहारपछि पुनः बैठक बस्ने निर्णय भएको महतले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ५५ बजे

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्

‘सङ्घीयता बलियो बनाउन सञ्चाकर्मीको भूमिका महत्वपूर्ण’

लेखनाथ– गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले सङ्घीय सरकारले आवश्यक ऐन