युद्ध अपराधको आरोपित बाहेकलाई माफी दिने सुडान सरकारको घोषणा | Khabarhub Khabarhub

युद्ध अपराधको आरोपित बाहेकलाई माफी दिने सुडान सरकारको घोषणा


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुडानले जातीय तथा जटिल प्रकारका युद्ध अपराधका आरोपितबाहेक युद्धका क्रममा विभिन्न मुद्दा लागेका दशौँ हजार मानिसलाई आम माफी दिने घोषणा गरेको छ ।

सुडानको सत्ताधारी सार्वभौम परिषद् प्रमुख जनरल अब्देल फताह अल–बुहारनले उक्त आममाफी घोषणा गरिएको पत्रमा हस्ताक्षर गरेका छन् ।

शान्ति सम्झौताको भावना अनुरूप हजारौँ मुद्दा लागेका व्यक्तिलाई सजाय माफी गरिएको सुडानको राज्य सञ्चालित समाचार संस्था सुनाले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पूर्जी काटेका वा जातीय संहारमा दोषी मानिएका मुद्दाबाहेकका मुद्दालाई तत्काल आममाफी दिइएको उक्त निर्देशनमा उल्लेख छ ।

अक्टोबर ५ मा राजधानी जुबामा भएको शान्ति सम्झौता अनुरूप विद्रोही ५० हजार व्यक्ति देशको मुल प्रबाहमा आइसकेको र बाँकि १५ हजार व्यक्ति उक्त प्रक्रियामा सामेल हुने क्रममा रहेको पूर्वविद्रोही समूहका प्रमुखले बताए ।

आम माफी डार्फर, ब्लु नाइल, साउथ कोर्दोफानमा सक्रीय विद्रोही र  सुडानको नयाँ सरकाबीच भएको शान्ति सम्झौतापछि यसैलाई तार्किक निश्कर्षमा पुर्‍याउने सहमति अनुसार भएको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार सुडानको पश्चिमी क्षेत्र डार्फर र वरपरका क्षेत्रमा भएको युद्धमा कम्तीमा तीन लाख व्यक्ति मारिएका थिए भने २५ लाख मानिस कुनै न कुनै रूपमा विस्थापित भएका थिए ।

सेना र जनआन्दोलनको सहयोगमा पदच्युत भएपछि  सुडानको जेलमा रहेका पूर्व राष्ट्रपति ओमार अल–बसिरलाई आइसीसीले जातीय संहार गरेको आरोपमा खोजीको सूचीमा राखेको छ ।

आइसीसीको खोजीको सूचीमा रहेका पूर्व विद्रोही नेता तथा कमाण्डर अलि कुस्याबले भने जुनमा आइसीसीसमक्ष आत्मसमर्पण गरेका थिए ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : ३९ बजे

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर