‘कलंक’ बुधवार रिलिज नहुँदा हलवालाको ‘टाउको दुखाइ !’ « Khabarhub

‘कलंक’ बुधवार रिलिज नहुँदा हलवालाको ‘टाउको दुखाइ !’


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दी फिल्म ‘कलंक’ बुधवार नै रिलिज हुने भनिए पनि चलचित्र विकास बोर्डको पत्रका कारण शुक्रवार रिलिज हुने भएपछि यो विषय कतिपय हलवालाको टाउको दुखाइ बनेको छ । यसअघि नेपाली फिल्म चाडबाडमा बाहेक अरु समयमा शुक्रवार रिलिज गर्ने परिपाटी भए पनि विदेशी फिल्म भने शुक्रवार (यदि सोही मितिमा विदेशमा पनि रिलिज भए) भन्दा अघि नै रिलिज हुँदै आएको थियो ।

नवनिर्वाचित अध्यक्ष केशव भट्टराईले हस्ताक्षर गरेको चलचित्र विकास बोर्डको पत्रमा नेपाल चलचित्र निर्माता संघको पत्रलाई आधार मानेर बुधवार फिल्म रिलिज नगराउन भनिएको छ ।

यता नेपाल चलचित्र निर्माता संघले पनि चलचित्र विकास बोर्डलाई २०७५/१२/२८ गते नै निवेदन लेखेर विशेष चाडमा बाहेक अरु समयमा विदेशी सिनेमा शुक्रवारअघि रिलिज नगर्न ‘विशेष अनुरोध’ गरेको थियो ।

निर्माताले संघले बोर्डलाई बुझाएको पत्रमा भनेको छ, ‘व्यापारिक दृष्टिकोणबाट अत्यन्तै कठिन अवस्थामा रहेको राष्ट्रिय चलचित्र उद्योग झन् धराशायी अवस्थामा पुग्ने निश्चित प्राय रहेको यस संघको ठहर छ ।’

चलचित्र निर्माता संघको आग्रहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डले गरेको निर्णयप्रति धेरैले समर्थन जनाएका छन् भने निर्माताहरु खुशी भएका छन् । तर, केही हलवाला र वितरकले भने विभिन्न बहाना बनाएर यो प्रवृत्तिको विरोध गरेका छन् ।

हिन्दी फिल्म ‘कलंक’ शुक्रवार नै रिलिज हुनुपर्ने भएपछि सम्रग चलचित्र उद्योग खुशी भइरहेका बेला वितरक तथा हलवालाहरुले भने यो कदमको विरोध गरेका हुन् ।

यता भारतमा बुधवारदेखि प्रदर्शनमा आएको फिल्म ‘कलंक’ ले नकारात्मक प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ३६ बजे

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का