सावधानी अपनाएर चाडपर्व मनाऔँ- प्रधानमन्त्री ओली « Khabarhub

सावधानी अपनाएर चाडपर्व मनाऔँ- प्रधानमन्त्री ओली


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साबधानी अपनाएर चाडपर्व मनाउन आह्वान गरेका छन् ।

तिहार पर्व तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप पूजा गर्ने प्रचलन रहेको उल्लेख गरेका छन् ।

तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर चाडपर्व मनाउनसमेत उनले आह्वान गरेका छन् ।

महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अगाडि बढाइरहेको उल्लेख गर्दै प्रधामन्त्रीले सन्देशमा सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : ५५ बजे

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान