नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने छः राष्ट्रपति « Khabarhub

नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने छः राष्ट्रपति


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेसं ११४१ का अवसरमा आज मध्यपुरथिमिमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा आज दिएको शुभकामना सन्देशमा उनले नेपाली समाज सभ्य र सहिष्णु समाज भएकाले हाम्रा चाडपर्वलाई असल परम्पराले थप सुदृढ बनाउँदै लगेको जनाउँदै नेसंलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिइन् ।

शुभकामना सन्देशमा भनिएको छ, “लिच्छविकालीन राजा राघवदेवको समयमा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाःले यस संवत्लाई प्रचलनमा ल्याएको पाइन्छ, आजको दिन राष्ट्रिय विभूति साख्वाःको उक्त परोपकारी कामलाई स्मरण गर्दै समाजको उन्नति र प्रगतिमा निःस्वार्थ भावनाले अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।”

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ९ : ४२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान