अर्मेनियाका विदेशमन्त्री नात्साकान्यनले दिए राजीनामा « Khabarhub

अर्मेनियाका विदेशमन्त्री नात्साकान्यनले दिए राजीनामा


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्मेनियाका विदेशमन्त्री जोह्रब नात्साकान्यनले राजीनामा दिएका छन् । देशमा चर्किरहेको आन्दोलनका कारण उनले राजीनामा दिएका हुन् ।

अजरबैजानसँग विवादित भूमिको विषयलाई लिएर जारी युद्ध रोक्न रुसको सहयोगमा भएको सम्झौतापछि सरकारको विपक्षमा अर्मेनियामा आन्दोलन चर्किएको छ । आन्दोलन चर्किएसँगै विदेशमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

गत साता भएको उक्त सम्झौता भएको थियो । सो सम्झौतापछि अर्मेनियामा प्रधानमन्त्री निकोल पाशिन्यानको राजीनामा माग्दै प्रदर्शन भइरहेको छ ।

सोमबार मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेशमन्त्रीको राजीनामा दिएको बताएका हुन् ।

अर्मेनियाका प्रधानमन्त्रीले भने आफूले राजीनामा नदिने बताउँदै आएका छन् । विदेशमन्त्रीको राजीनामापछि भने उनलाई पनि राजीनामा दिन दबाब बढेको टिप्पणी गरिएको छ ।

यसअघि अर्मेनिया र अजरबैजानको विवादित भूमि नागोर्नो काराबखको विषयमा दुई देशबीच ६ सातासम्म लडाइँ चलेको थियो । यो युद्धको क्रममा अर्मेनियाका २३ सयभन्दा धेरै सैनिकको ज्यान गएको थियो । यता अजरबैजानले भने सो युद्धमा कति सैनिक मारिए भन्ने खुलाएको छैन ।

गत शनिबार अर्मेनियाको नेशनल सेक्युरिटी सर्भिसले पूर्व अधिकारीहरुको समूहलाई प्रधानमन्त्रीको हत्या प्रयास गरेर सत्ता आफ्ना हातमा लिने प्रयास गरेको बताइएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १२ : ४२ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको