‘लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार’ « Khabarhub

‘लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार’


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान सरकारको लोकतन्त्रलाई कमजोर गर्ने बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उनले सरकारले संसदीय पद्धति र त्यसको मूल्य र मान्यतालाई कमजोर बनाएको र स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेको आरोप लगाए ।

उपसभापति गच्छदारले कांग्रेसले जनजागरण अभियान सरकारले गरेका गलत क्रियाकलापको जनतालाई सुसूचित गराउने उद्देश्यले गरेको बताउँदै यस कार्यमा अन्य पार्टीको सहयोग र सहभागिता हुने जानकारी दिए । उनले मुलकको अर्थतन्त्रलाई धरासायी हुने बाटोतर्फ गइरहेको भन्दै बबई सिँचाइ योजना २० वर्ष अगाडि नेपाली कांग्रेसको निर्माण कार्य शुरु भएको बताए ।

उनले जनताको हितमा गरिने प्रत्येक कार्यमा प्रतिपक्ष दलको हैसियतले सहयोग गर्ने बताउँदै विकास निर्माण कार्यमा कांग्रेस हातेमालो गर्नेगरी हिँड्ने बताए । उपसभापति गच्छदारले कांग्रेसभित्र रहेको अन्तरद्वन्द्व समाधान सहमतिबाट भइरहेको जानकारी दिँदै प्रमुख नेताहरुले निर्वाचन, अनुशासन समिति सहमतिबाट नै गठन भएको जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ८ : १७ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार