राष्ट्रपतिलाई भेट्न ‘प्रचण्ड’ पुगे शितलनिवास « Khabarhub

राष्ट्रपतिलाई भेट्न ‘प्रचण्ड’ पुगे शितलनिवास


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ–  पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितलनिवास पुगेका छन् ।

राष्ट्रपतिलाई भेटन प्रचण्ड साँझ साढे ५ बजे शितलनिवास गएको प्रचण्डको सचिवालयले जानकारी दिएको हो ।

नेकपा विवाद बढेको बेला राष्ट्रपति भण्डारीले केहि दिन पहिले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेकी थिइन् ।

‘राष्ट्रपतिज्यूको निमन्त्रणामा अध्यक्षज्यू शितलनिवास जानुभएको हो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो ।

भोलि (बुधबार) का लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओली पक्षले केही दिन सार्नुपर्ने प्रस्ताव गरेको छ ।

अर्का अध्यक्ष प्रचण्डलगायत नेताहरुले जसरी भए पनि बैठक बस्नुपर्ने अडान राख्दै आएका छन् ।

प्रचण्डले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म ओलीले बैठक सार्ने तयारी गरेका छन् भने प्रचण्ड आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : ५७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना