आस्था राउत आयोजकबाट ठगिइन् ! « Khabarhub

आस्था राउत आयोजकबाट ठगिइन् !


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका आस्था राउत सामाजिक सञ्जालमा खरो बोल्ने सेलिब्रेटीमध्ये एक हुन् । संगीत क्षेत्रमा भएका विकृतिमाथि पनि टिप्पणी गर्ने राउतले अश्लील गीत नगाउने गरेकाले धेरै गीत ‘रिजेक्ट’ गरेकी छिन् ।

संगीत क्षेत्रमा विकृति भित्रिनुहुन्न भन्ने राउतले यतिबेला भने आफूले पारिश्रमिक नपाएको गुनासो गरेकी छिन् । केही दिनअघि मात्र सामाजिक सञ्जाल फेसबूकमा उनले वि.सं. २०७५ मा ‘विदेशमा गरेको कामको जति म्यासेज गर्दा पनि पूरा पैसा नपाएको’ भन्दै स्टाटस लेखेकी थिइन् ।

उनको स्टाटस थियो, ‘२०७५ मा विदेशमा गरेको कामको जति म्यासेज गर्दा पनि पूरा पैसा नदिने अर्गनाइजरहरुको नामहरु चाँडै पब्लिक हुँदै ।’

उनले यो स्टाटस लेखेको केही दिनमै फेरि सोही कुरालाई जोडेर सबैलाई राम्रो सोच्नु र विश्वास गर्नु गलत भएको बुझेको बताउँदै अर्को पोस्ट गरेकी छिन् ।

‘अहिलेसम्म सबै आयोजकहरुले स–सम्मान कार्यक्रमपछि पैसा दिएको नै हो, दुई/चार जानले गर्दा म सबैलाई नराम्रो भन्दिन र भन्ने पनि छैन, अब म झनै प्रोफेसनल हुनुपर्ने रहेछ भन्ने कुरा सिकेँ, सबैलाई राम्रो सोच्नु, विश्वास गर्नु गलत रहेछ,’ राउतले फेसबूकमा लेखेकी छिन्, ‘आफूले राम्रो सोच्यो, अँ है बिचरालाई समस्या भएछ, अलि पछि दिन्छ होला नि त भनेर बुझियो तर लास्टमा आएर मलाई नै धोका ।’

साथै उनले कलाकारले कर्म गरेको पैसा पाउनुपर्ने बताएकी छिन् । राउतका चौबन्दीमा पटुकी, खै त मलाई झुम्के बुलाकी लगायतका गीत हिट छन् । गायिका राउत पछिल्लो समय नेपाल र विदेशका विभिन्न कार्यक्रममा व्यस्त छिन् ।

आयोजकबाट समयमा पारिश्रमिक नपाउने गरेको गुनासो बेलाबेलामा अरु कलाकारले पनि गर्दै आइरहेका छन् ।

यस्तो छ आस्था राउतको स्टाटस:

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै