धादिङमा ट्रकको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध « Khabarhub

धादिङमा ट्रकको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडकखण्ड अन्तरगत खानीखोला बजारमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

दिउँसाे साढे तीन बजेतिर काठमाडौंट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्वरको ट्रकले धुनीवेशी ७ का स्थानीय रितेश तामाङलाई ठक्कर दिँदा तामाङको घटनास्थलमै मृत्यु भएको थियो।

स्थानीय बालकको मृत्यु भएपछि चालकलाई कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग दुवैतर्फ बन्द गराएका हुन्।

घटनापछि ट्रकका चालक र सहचालक इलाका प्रहरी कार्यलय खानीखोलाको नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाको टोलीले पीडित पक्षहरुलाई आन्दोलन नगर्न आग्रह गरेको भएपनि स्थानीयले राजमार्ग ठप्प पारेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : १७ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण