पोखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

पोखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कास्कीको पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एकजनाको ज्यान गएको हो ।

शर्माका अनुसार गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान ३ः४५ बजे मृत्यु भएको हो । ती वृद्धामा २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी निमोनिया, मधुमेह तथा हाइपरटेन्सनसम्बन्धी रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बिहान मृत्यु भएको छ । उनमा कार्तिक २८ मा कोरोना देखिएको थियो ।

उनी निमोनिया र एक्युट हेपाटाइटिस लगायतका समस्याबाट ग्रसित भएको अस्पतालले जनाएको छ ।

यस्तै फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको बिहीबार बिहान मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनमा २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोग पनि देखिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  २ : ५४ बजे

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।