दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना « Khabarhub

दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- कोरोना संक्रमण बढेसगै भारतको नयाँ दिल्लीमा बिनामास्क हिँड्ने व्यक्तिहरुलाई २ हजारसम्म जरिवाना गरिने भएको छ। यसअघि पाँच सय रुपैयाँ लिने गरिएको थियो।

दिल्लीमा कोरोनाको स्थितिमा चर्चा गर्न दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालाले बिहीबार एक सर्वदलीय छलफल बोलाएका थिए।

उनले छलफलमा आएका सुझावहरुलाई ढिला नगरी कार्यान्वयनमा लैजाने बताएका छन्। छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले दिल्ली सरकारको तयारी र अन्य निर्णयहरु सुनाएका थिए।

उनले मास्क नलागाउने क्रम बढेको र कोरोना फैलदै गएको भन्दै मास्क नलगाउनेहरुलाई जनही २ हजारको दरले जरिवाना गर्ने निर्णय गरेको बताए।

केजरीवालले छठ पुजा गर्दा कोरोनाको ध्यान दिन र सार्वजनिक रुपमा भेला हुँदा ध्यान दिन आग्रह गरेका छन्।

सबै जना एकैपटक पोखरी वा पानीमा रहेर छठ पुजा गर्दा कोरोना फैलन सक्नेतर्फ ध्यान दिने उनले भनेका छन्। उनले दिल्लीमा अहिले बेडको संख्या साढे सात हजार रहेको छ। यसबाहेक दिल्लीमा साढे चार हजार आइसियु बेड पनि उपलब्ध रहेको उनले जानकारी दिए।

दिल्लीका अस्पतालमा ८० प्रतिशत आइसियु बेड कोरोनाका लागि रिजर्भ गरिएको उनले बताए।

केन्द्र सरकारसँग मिलेर १४ हजार बेडको बन्दोबस्त गरिरहेको बताए। अब परीक्षण पनि दोब्बर हुने उनले जानकारी दिए। उनले कोरोनामा खटिने सबै स्वास्थ्यकर्मीहरुको समेत प्रशंसा गरे।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १० : ०१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर