पद सम्हाले लगत्तै बिहारका शिक्षामन्त्रीले दिए राजीनामा « Khabarhub

पद सम्हाले लगत्तै बिहारका शिक्षामन्त्रीले दिए राजीनामा


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत सोमबार बिहारको शिक्षामन्त्रीमा शपथ लिएका मेवालाल चौधरीले बिहीबार राजीनामा दिएका छन् ।

उनले बिहीबार आफ्नो पदभार सम्हालेसँगै राजीनामा दिएका हुन् ।

सहायक प्राध्यापक तथा जुनियर वैज्ञानिकको नियुक्तिमा अनियमितताको मुद्दाको कारण उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

बिहारमा हालै सम्पन्न भएको विधानसभा निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनको तर्फबाट गत सोमबार चौधरीले मन्त्रीको शपथ लिएका थिए ।

एनडीएले यो निर्वाचनमा अपराध, भ्रष्टाचार र साम्प्रदायिकतामा कहिले पनि सम्झौता नगर्ने दाबी गर्दै आएको थियो ।

सोही मुद्दा उठाउँदै विपक्षीले चौधरीलाई शिक्षामन्त्री बनाइएकोमा विरोध जनाएका थिए । विरोधपछि एनडीएले उनलाई पदबाट राजीनामा दिन लगाएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ७ : ०३ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर