पद सम्हाले लगत्तै बिहारका शिक्षामन्त्रीले दिए राजीनामा « Khabarhub

पद सम्हाले लगत्तै बिहारका शिक्षामन्त्रीले दिए राजीनामा


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत सोमबार बिहारको शिक्षामन्त्रीमा शपथ लिएका मेवालाल चौधरीले बिहीबार राजीनामा दिएका छन् ।

उनले बिहीबार आफ्नो पदभार सम्हालेसँगै राजीनामा दिएका हुन् ।

सहायक प्राध्यापक तथा जुनियर वैज्ञानिकको नियुक्तिमा अनियमितताको मुद्दाको कारण उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

बिहारमा हालै सम्पन्न भएको विधानसभा निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनको तर्फबाट गत सोमबार चौधरीले मन्त्रीको शपथ लिएका थिए ।

एनडीएले यो निर्वाचनमा अपराध, भ्रष्टाचार र साम्प्रदायिकतामा कहिले पनि सम्झौता नगर्ने दाबी गर्दै आएको थियो ।

सोही मुद्दा उठाउँदै विपक्षीले चौधरीलाई शिक्षामन्त्री बनाइएकोमा विरोध जनाएका थिए । विरोधपछि एनडीएले उनलाई पदबाट राजीनामा दिन लगाएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ७ : ०३ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका