अमेरिकामा एकैदिन सर्वाधिक धेरैमा संक्रमण, थपिए १ लाख ८७ हजार संक्रमित « Khabarhub

अमेरिकामा एकैदिन सर्वाधिक धेरैमा संक्रमण, थपिए १ लाख ८७ हजार संक्रमित


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ ।

केही साता यता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिने क्रम अझै रोकिएको छैन ।

पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै १ लाख ८७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यसअघि गत शनिबार (नोभेम्बर १४) १ लाख ८३ हजार ५२७ जनामा संक्रमण भएर अमेरिकामा नयाँ रेकर्ड कायम भएको थियो ।

पछिल्लो २४ घण्टामा १ लाख ८७ हजार ८४ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २० लाख ६३ हजार ५७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७२ लाख २६ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४५ लाख ७९ हजार १४४ जनामध्ये २२ हजार १९५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५८ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २०११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार २८० पुगेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : ३२ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध