मलेसियाको प्रतिष्ठित कम्पनीका गाडी प्रोटोन नेपाली बजारमा भित्रिँदै « Khabarhub

मलेसियाको प्रतिष्ठित कम्पनीका गाडी प्रोटोन नेपाली बजारमा भित्रिँदै


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेको छ ।

यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम सञ्चालनको अवस्थामा रहेको कम्पनीले जनाएको छ ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ । हाल फेस्टिभल सिजन भएको र यस पश्चात छिट्टै नै सोरुम शुभारम्भ हुने सम्भावना रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रोटोनको सोरुम आकर्षक स्पेससहित अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास गरिएको छ ।

नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ । त्यसपछि अन्य मोडलका सवारी साधन समेत विस्तारै उपलब्ध हुँदै जाने छन् । हाल प्रोटोनका सवारी साधन विश्वका विभिन्न भागमा रुचाइने लोकप्रिय सवारी साधनमा पर्छन् ।

नेपाली ग्राहकलाई पनि प्रोटोनका उत्कृष्ट सवारी साधन आकर्षक सोरुममार्फत उपलब्ध गराउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १० : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै