चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आएर त्यही दिन फर्कने « Khabarhub

चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आएर त्यही दिन फर्कने


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही मंसिर १४ गते नेपाल आउने तय भएको छ । आधिकारिक रुपमा चिनियाँ रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणलाई गोप्य राखिएको छ ।

भारतले एकपछि अर्को सरकारी अधिकारी नेपाल भ्रमणमा पठाइरहेका नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल यात्रा भने एक दिनको मात्र तय भएको छ ।

राष्ट्रपति सी जीनपिङको गत वर्षको भ्रमणपछि नेपाल आउन लागेका सर्वोच्च चिनियाँ अधिकारी हुन् रक्षामन्त्री। नेपालको राजनीतिक अस्थीरता र सत्ताधारी नेकपा भित्रको द्वन्द्व विभाजनमा पुग्न सक्ने अवस्थासँगै भावी राजनीतिमा नेपाली सेनाको सान्दर्भिकता बढ्न सक्ने अड्कलबाजीका बीच चिनियाँ विदेश मन्त्रीको सट्टा रक्षामन्त्री आउनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ।

हालै सम्पन्न भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र त्यसअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको भ्रमण अनि र अर्को हप्ता भारतीय विदेश सचिव हर्षबर्धन शृङ्गलाको नेपाल यात्राकै सेरोफेरोमा हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई दुई छिमेकीबीच नेपालमा बढेको चासो र प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ।

रक्षामन्त्री फेङ्हेसँग उच्च चिनियाँ सैनिक अधिकृतहरु पनि आउने बताइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : ०३ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित